दफा १०
स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन सम्बन्धी व्यवस्था
(१) इजाजतपत्रवालाले आफ्नो कम्पनीको स्वामित्व वा दायित्व हस्तान्तरण गर्न वा परिवर्तन गर्न चाहेमा त्यसको स्पष्ट आधार र कारण खुलाई स्वीकृतिका लागि विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखिएमा विभागले त्यस्तो कम्पनीको स्वामित्व वा दायित्व हस्तान्तरण गर्न वा परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ ।